बैतडीमा दुई मोटरसाइकल एकापसमा ठोक्किए, एक जनाको मृत्यु

हिमाल प्रेस ४ वैशाख २०८३ १७:४७ | Friday, April 17, 2026
6
SHARES
बैतडीमा दुई मोटरसाइकल एकापसमा ठोक्किए, एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज (शुक्रबार) दिउँसो १ः३० बजे सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चाैडी सडकखण्डमा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

सुर्नया–८ का मोटरसाइल चालकसमेत रहेका ३४ वर्षीय जनक लुहारको मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए। श्रीभावरदेखि पुर्चौडीतर्फ जाँदै गरेको पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश०१०१३प ४२४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुर्नया गाउँपालिका–८ का लुहारले चलाएको से५प ४७१७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा परी पुर्चाैडी–५ का २४ वर्षीय मोटरसाइल चालक अमिर कडायत, सोहीका वडाका ३९ वर्षीय हिक्कमत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएको उनले बताए। घाइतेमध्ये अमिर र हिक्मतलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइते अमिरको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८३ १७:४७ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast