काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय बनेको छ। आज (सोमबार) पार्टी केन्द्रीय समिति बैठकबाट थप तीन जना सदस्य थपिएपछि १६ सदस्यीय सचिवालय बनेको हो।
नयाँ थपिने सदस्यहरूमा महामन्त्रीमा मनोनीत भएका भुपदेव शाह, केन्द्रीय सदस्यद्वय सागर ढकाल र सरिता श्री ज्ञवाली थपिएका हुन्। त्यस्तै तत्कालीन उपसभापति डीपी अर्याल सचिवालयबाट बाहिरिएका छन्। सभामुख बनेपछि पार्टी जिम्मेवारीबाट अलग हुनुपर्ने भएकाले उनी सचिवालयबाट पनि बाहिरिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य
- रवि लामिछाने- सभापति
- स्वर्णिम वाग्ले- उपसभापति
- कविन्द्र वुर्लाकोटी- महामन्त्री
- भुपदेव शाह- महामन्त्री
- विपिन आचार्य- सहमहामन्त्री
- लिमा अधिकारी- कोषाध्यक्ष
- वसु माया तामाङ- सहकोषाध्यक्ष्य
- मनिष झा- प्रवक्ता
- गणेश पराजुली- सचिवालय सदस्य
- दिपक बोहरा- सचिवालय सदस्य
- बिराज भक्त श्रेष्ठ- सचिवालय सदस्य
- शिशिर खनाल- सचिवालय सदस्य
- सोभिता गौतम- सचिवालय सदस्य
- हरि ढकाल- सचिवालय सदस्य
- सागर ढकाल- सचिवालय सदस्य
- सरिता श्री ज्ञवाली- सचिवालय सदस्य
प्रकाशित: ७ वैशाख २०८३ १८:११ | Monday, April 20, 2026
प्रतिक्रिया



