सर्वसम्मतिलाई प्राथमिकता दिँदा दलको नेता चयन गर्न ढिलाई भयो : गगन थापा

हिमाल प्रेस १४ वैशाख २०८३ १८:२६ | Monday, April 27, 2026
6
SHARES
सर्वसम्मतिलाई प्राथमिकता दिँदा दलको नेता चयन गर्न ढिलाई भयो : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजाने बताएका छन्।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी केन्द्रीय समितिमा रहेका र नरहेकाको पनि सहमतिमा भीष्मराज आङ्देम्बे पार्टी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको बताए।

संसदीय दलको नेताका लागि लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनमै जान सकिने भए पनि केन्द्रीय समितिमा रहेका र नरहेका सबैको सहमतिमा धेरैको चाहनाअनुसार सहमतिबाट नेतृत्व छनोट गरिएको सभापति थापाको भनाइ थियो।

‘संसदीय दलको नेता चयनमा समय लागे पनि अन्तिममा सहजतापूर्वक सहमतिबाट नेतृत्व निर्विरोध निर्वाचित भएको छ, यसमा आदरणीय नेता अर्जुननरसिंह केसी र मोहन आचार्यको सहमति छ,’ उनले भने।

लामो समयसम्म चलेको रस्साकस्सीपछि कांग्रेसले सोमबार संसदीय दलको नेता चयन गरेको हो। अन्य दलहरूले फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आएलगत्तै दलको नेता चुने पनि कांग्रेसमा ढिलाइ भएको थियो। २०६४ सालपछि कांग्रेसले पहिलोपटक सर्वसम्मतिले दलको नेता चयन गरेको हो। २०७९ सालको निर्वाचनमा दलको नेताका लागि भएको प्रतिस्पर्धामा तत्कालीन सभापति शेरबहादुर देउवाले तत्कालीन महामन्त्री गगन थापालाई पराजित गरेका थिए।

प्रकाशित: १४ वैशाख २०८३ १८:२६ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast