काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिएका छन्।
उनले नयाँ वर्षको शुभकामनामा भनेका छन्, ‘नयाँ वर्षले सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीचको सार्थक सिनर्जी सिर्जना होस् ।’
‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि–२०८२ अब इतिहास भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् । नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना।’
प्रकाशित: १ वैशाख २०८३ ७:१० | Tuesday, April 14, 2026
प्रतिक्रिया




