देउवा पक्षीय नेताहरूको बैठक बस्दै

हिमाल प्रेस ५ वैशाख २०८३ १३:०३ | Saturday, April 18, 2026
30
SHARES
देउवा पक्षीय नेताहरूको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरुको अनौपचारिक बैठक बस्ने भएको छ । शुक्रबार विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई नै मान्यता दिने सर्वोच्च अदालतको फैसलापछि देउवा पक्षीय नेताहरुको अनौपचारिक बैठक बस्ने भएको हो ।

कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा अपराह्न ४ बजे बस्न लागेको बैठकमा अदालतको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारेमा छलफल केन्द्रित हुने कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

प्रकाशित: ५ वैशाख २०८३ १३:०३ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast