पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हिमाल प्रेस ७ वैशाख २०८३ १०:५३ | Monday, April 20, 2026
10
SHARES
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक पत्रकार सम्मेलनमा उनले सरकारले कर्णाली प्रदेशलाई इन्धनमा विशेष सहुलियत दिनुपर्ने बताए ।

‘कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो छ । यहाँ बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य वृद्धि गर्नु हुँदैन,’ उनले भने। उनले छिमेकी देश भारतले पनि इन्धनमा धेरै मूल्यवृद्धि नगरेको बताए । सरकारले नागरिकमाथि मूल्यवृद्धिको भार घटाउनुपर्नेमा उनले जोड दिए ।

करिब दुईतिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन सहयोग गर्ने उनले उल्लेख गरे । आफूले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दा कर्णालीको विद्युतीकरणमा र प्रसारणलाइनका निम्ति करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको उनले जिकिर गरे । उनका अनुसार, १३२ केभी प्रसारणलाइनको काम जुम्लासम्म भइरहेको छ ।

छोटो समयमै पार्टी गठन र त्यसको उचित व्यवस्थापन गर्न नपाउँदै आफूहरू चुनावमा जानुपरेको उनले स्मरण गरे । सोही कारण हार व्यहोर्नुपरेता पनि अबको निर्वाचनमा आफूहरू ठूलो पार्टी भएर आउने र वडा तहसम्म संगठन विस्तार गर्ने उनको भनाइ थियो । रासस

 

प्रकाशित: ७ वैशाख २०८३ १०:५३ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast