जतिन्दर सिंहको शतकमा ओमानले दियो नेपाललाई ३०६ रनको विशाल लक्ष्य

हिमाल प्रेस १६ वैशाख २०८३ १३:१५ | Wednesday, April 29, 2026
6
SHARES
जतिन्दर सिंहको शतकमा ओमानले दियो नेपाललाई ३०६ रनको विशाल लक्ष्य

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले नेपालसामु जितका लागि ३०६ रनको चुनौती प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन बनायो।

ओमानका कप्तान जतिन्दर सिंहले उत्कृष्ट शतकीय इनिङ्स खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

उनले ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रन बनाए। उनले ७३ बलमै १३ चौका र ४ छक्काको मद्दतमा शतक पूरा गरेका थिए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) करिअरको पाँचौं तथा नेपालविरुद्ध दोस्रो शतक हो।

ओमानका लागि आशिष ओडेडाराले ४८ रन जोडे भने आर्यन राजु विसले ३५ र हमद मिर्जाले ३० रनको योगदान दिए।

नेपालका बलरमध्ये सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट हात पारे।

प्रकाशित: १६ वैशाख २०८३ १३:१५ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast