आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपाल अमेरिकासँग पराजित

हिमाल प्रेस १३ वैशाख २०८३ २१:२० | Sunday, April 26, 2026
16
SHARES
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपाल अमेरिकासँग पराजित

काठमाडौँ– आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत आइतबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ।

रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा नेपाल अमेरिकासित सात विकेटले पराजित भएको हो।

नेपालले दिएको ८७ रनको विजयी लक्ष्य अमेरिकाले ११.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो। उसका लागि इसानी वाघेलाले सर्वाधिक ३५ रनको योगदान दिइन् भने सैनभी कम्बालापालीले २१ तथा पुजा गनेशले २० रन बनाइन्।

बलिङतर्फ नेपालका लागि मनिशा उपाध्याय, पूजा महत्तो र इन्दु बर्माले एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनायो।

नेपालका लागि रुवि पोदारले सर्वाधिक ५१ रनको योगदान दिइन्। त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। पूजा महत्तो र कविता कुँवरले समान ८/८ रन जोडे।

बलिङतर्फ अमेरिकाकी माही माधभन र रितु पृया सिंहले समान २/२ विकेट लिए।

प्रकाशित: १३ वैशाख २०८३ २१:२० | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast