आईसीसी क्रिकेट विश्वकप लिग–२ : कीर्तिपुरमा भिड्दैछन् नेपाल र ओमान

हिमाल प्रेस १६ वैशाख २०८३ ६:२४ | Wednesday, April 29, 2026
12
SHARES
आईसीसी क्रिकेट विश्वकप लिग–२ : कीर्तिपुरमा भिड्दैछन् नेपाल र ओमान तस्बिर : नेपाल क्रिकेट संघ

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई र ओमानबीचको ओडीआई शृंखलामा नेपालले आज दोस्रो खेल खेल्दै छ । नेपालले यो शृंखलाको आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराइसकेको छ । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ । लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा छ भने ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।

यूएईको २२ खेलमा १२ अंक छ र आठौं स्थानमा छ ।

प्रकाशित: १६ वैशाख २०८३ ६:२४ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast