दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

हिमाल प्रेस ३ वैशाख २०८३ ११:०८ | Thursday, April 16, 2026
6
SHARES
दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै ऊर्जामन्त्री दीपक खड्का

काठमाडौँ- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ।

यसअघि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा,राजस्व अनुसन्धान विभागको अनुरोधपत्र र थुनाको कारणसहितको लिखित जवाफ बिहीबार १२ बजेसम्म पेस गर्न आदेश दिएको थियो।

खड्कालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी विनीता थापाले सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: ३ वैशाख २०८३ ११:०८ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast