सुकुम्बासी बस्तीमा प्रहरीले भनेका ६ कुरा

हिमाल प्रेस ११ वैशाख २०८३ ७:१८ | Friday, April 24, 2026
16
SHARES
सुकुम्बासी बस्तीमा प्रहरीले भनेका ६ कुरा

काठमाडौँ- काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले बिहीबार साँझ माइकिङ गर्‍यो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गतेदेखि खाली गरिने भएकाले त्यसअघि नै बस्ती खाली गर्न अनुरोध गरेको हो।

सुरक्षाकर्मीले सुकुम्बासीलाई के भने? यस्ता छन् ६ बुँदा

१. अवैध रूपमा बनाइएका घर-टहरा वैशाख ११ गते साँझ ७ बजेभित्र खाली गर्नू।

२. आफ्ना सरसामानदेखि पशुपंक्षी तत्काल सार्नू।

३. अपांगता भएका, बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामीहरूलाई प्राथमिकता दिएर सार्नू काठमाडौँ महानगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मद्दत लिनू।

४. वैशाख १२ गते बिहान ६ बजेदेखि घर-टहरा भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गरिनेछ। काममा बाधा पुर्‍याए कानुन बमोजिम कारबाही गरिनेछ।

५. सम्बन्धित मन्त्रालय तथा अन्य अधिकार प्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीको लगत लिने र स्क्रिनिङको काम तत्कालै सुरु गरिनेछ।

६. दशदेखि १५ दिनभित्रै यकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने तयारी छ।

प्रकाशित: ११ वैशाख २०८३ ७:१८ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast