बर्दघाट सुस्ता पश्चिम- पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन्। त्यसबाट रु चार करोड बढीको क्षति भएको छ। आगलागी मंगलबार दिउँसो भएको हो।
जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन्। घरमा रहेका जिन्सी र नगदसहित रु चार करोड ४४ लाख ८० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ।
यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन्।
प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको राससलाई बताएका छन्।
प्रकाशित: ९ वैशाख २०८३ १२:२० | Wednesday, April 22, 2026
प्रतिक्रिया



