कास्कीमा खस्यो ६० हजार मत

हिमाल प्रेस २१ फागुन २०८२ १२:१२ | Thursday, March 5, 2026
20
SHARES
कास्कीमा खस्यो ६० हजार मत फागुन २१ गते मतदान गर्दै मतदाता। फाइल तस्बिर

पोखरा- कास्कीमा ६० हजार मत खसिसकेको छ। बिहान साढे ११ बजेसम्म कास्कीमा ६० हजार ९३१ अर्थात् १९ दशमलब ७५ प्रतिशत मत खसेको हो।

प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार तीमध्ये पुरुष ३१ हजार २६९ र महिला २९ हजार ६६१ जना तथा अन्य १ जनाले मतदानमा भाग लिएका हुन्।

कास्कीमा २ अस्थायीसहित कुल ३६५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन्। मतदाता संख्या कुल ३ लाख ८ हजार ५७२ जना छन्। तीमध्ये २ हजार ८६१ जना अस्थायी मतदाता हुन्।

प्रकाशित: २१ फागुन २०८२ १२:१२ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast