टी २० विश्वकप : कोलम्बोमा आमनेसामने हुँदैछ भारत-पाकिस्तान

हिमाल प्रेस ३ फागुन २०८२ ८:४९ | Sunday, February 15, 2026
10
SHARES
टी २० विश्वकप : कोलम्बोमा आमनेसामने हुँदैछ भारत-पाकिस्तान

काठमाडौँ- आईसीसी टी २० विश्वकपमा आज तीन खेल हुनेछन्।

खेल नेपाल र वेस्ट इन्डिजबीच रहेको छ। समूह सी को यो खेल वानखेडे स्टेडियमा हुनेछ। यो समूहमा वेस्ट इन्डिज दुई खेलबाट चार अंकसहित शीर्षमा छ। नेपाल भने अहिलेसम्म दुवै खेलमा पराजित रहेको छ र शून्य अंकमा रहेको छ। त्यसपछि दिनको दोस्रो खेल चेन्नाइमा हुनेछ र समूह ए को प्रतिस्पर्धामा नामिबिया र अमेरिका भिड्ने छन्।

दिनको अन्तिम खेल भने भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित प्रतिस्पर्धा रहेको छ। समूह ‘ए’ कै यो खेल पाकिस्तानको बहिस्कार गर्ने निर्णयपछि विवादमा परेको थियो। तर अन्तर्राष्ट्रिय काउन्सिलले पाकिस्तानी क्रिकेट बोर्डसँग छलफल गरेपछि यो खेल तय भएको थियो।

यो खेल कोलम्बोमा हुनेछ। यो समूहमा भारत र पाकिस्तान दुवैले आफ्ना सुरुआती दुई खेल जितेर समान चार चार अंकमा शीर्षमा रहेका छन्। अमेरिकाको दुई अंक छ भने नामिबिया शून्य अंकमा छ।

प्रकाशित: ३ फागुन २०८२ ८:४९ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast