महिला टी २० विश्वकप क्रिकेट छनोट : स्कटल्यान्डमाथि जित्दैपर्ने दबाबका बीच मैदान उत्रदै नेपाली टिम

हिमाल प्रेस १२ माघ २०८२ ७:५५ | Monday, January 26, 2026
2
SHARE
महिला टी २० विश्वकप क्रिकेट छनोट : स्कटल्यान्डमाथि जित्दैपर्ने दबाबका बीच मैदान उत्रदै नेपाली टिम

काठमाडौँ- आईसीसी महिला टी २० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ। कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ।

अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ। तर जितले मात्र पनि पर्याप्त हुँदैन। नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने अवस्था छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ।

नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान २ जित अनि ४ अंक हुन्छ। यस्तोमा स्कटल्यान्डको बलियो नेटरनरेटमा भएकाले नेपालले ठूलो जीत निकाल्नुपर्ने छ। यदि नेपाल स्कटल्यान्डसँग पराजित भए स्वतः बाहिरिनेछ भने थाइल्यान्ड र स्कटल्यान्ड दुवै छनोट हुनेछन्। नेदरल्यान्ड्स यसअघि नै छनोट भइसकेको छ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। तेस्रो खेलमा भने नेपालले जिम्बावेलाई हरायो। १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ।

प्रकाशित: १२ माघ २०८२ ७:५५ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast