पार्टी एकताबद्ध बनाउन डा.शेखर कोइरालाको यस्तो प्रयास

हिमाल प्रेस २८ पुष २०८२ १३:०२ | Monday, January 12, 2026
पार्टी एकताबद्ध बनाउन डा.शेखर कोइरालाको यस्तो प्रयास

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्तासँग छलफल गरेका छन्।

छलफलमा डा.कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए। पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए।

कोइरालाले आफू बिष पिएरै भएपनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए। कोइरालाले भने,‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहेको छु। तपाइईँहरू ढुक्क हुनुस्, पार्टी फुटदैन। तपाईँहरू पनि त्यसैमा लाग्नुस्। निरास हुने कामै छैन।’

उक्त छलफलमा कानुन व्यवसायीले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र भएको बताए। अहिले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए।

उक्त छलफलमा सबै नेताकार्यकर्ताहरूले पार्टीलाई फूटबाट जोगाउन डा.शेखर कोइरालाले दुबै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको थिए।

छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बल बहादुर केसी, मिनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको सहभागीता रहेको थियो।

यस्तो छ विश्वप्रकाश शर्माले बन्दसत्रमा पेस गरेको प्रतिवेदन (पूर्णपाठ)

प्रकाशित: २८ पुष २०८२ १३:०२ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast