तिहार सुरुवातसँगै ४४ हजार बढीले काठमाडौँ छाडे

हिमाल प्रेस ५ कार्तिक २०८२ १४:०९ | Wednesday, October 22, 2025
तिहार सुरुवातसँगै ४४ हजार बढीले काठमाडौँ छाडे

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट ठूलो संख्यामा नागरिक बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार तिहार प्रारम्भ भएपछि ४४ हजार ५०९ जनाले उपत्यका छाडेका छन् भने ३१ हजार १२ जना काठमाडौँ भित्रिएका छन्।

प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नागढुंगा, थानकोट, तिनपिप्ले र साँखुजस्ता नाकाहरूबाट यात्रुहरूको आवागमन भइरहेको छ। नागढुंगा नाकाबाट सबैभन्दा धेरै १८ हजार ९२० जना बाहिरिएका छन्। थानकोटबाट २८५, तिनपिप्लेबाट ८४५ र साँखुबाट ६९२ यात्रु उपत्यका बाहिरिएका छन्।

चाडपर्वको बेला बढ्ने ट्राफिक चाप, सवारी दुर्घटना तथा यात्रु ठगीजस्ता जोखिमलाई न्यूनीकरण गर्न विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

रोजगारी, व्यापार, अध्ययन लगायतका कारणले उपत्यकामा बस्दै आएका धेरै नागरिक तिहार जस्ता पर्वहरूमा परिवार भेट्न गाउँ फर्किने गर्छन्।

प्रकाशित: ५ कार्तिक २०८२ १४:०९ | Wednesday, October 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast