एसईईमा ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन हुँदै

हिमाल प्रेस ३० असार २०८२ १६:२९ | Monday, July 14, 2025
एसईईमा ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन हुँदै

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) ले एक महिने विशेष अनलाइन कक्षा सञ्चालन गर्न लागेको छ। ‘एसईई एनएनटीए’ नाम दिइएको यो कार्यक्रम असार ३० गतेदेखि साउन २८ गतेसम्म सञ्चालन हुनेछ। कक्षा सञ्चालनको औपचारिक सुरुवात आज बेलुका ८ बजेबाट हुनेछ।

अनलाइन माध्यमबाट सञ्चालन हुने कक्षामा गणित, विज्ञान, अंग्रेजी र सामाजिक अध्ययन विषयमा अभ्यास गराइनेछ। कक्षा नि:शुल्क प्रदान गरिने भएकाले आर्थिक अभावका कारण गुणस्तरीय अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने सोच रहेकाे संगठनले जनाएकाे छ।

संगठनले अभिभावक र विद्यालयहरूलाई विद्यार्थीलाई जानकारी गराई सहभागी गराउन आग्रह गरेको छ। शिक्षामा सार्वजनिक लगानी बढाउनु पर्ने मागसहित अन्तर्राष्ट्रियस्तरमा सञ्चालित ‘सार्वजनिक शिक्षाका लागि अघि बढ’ अभियानसँगै यो कार्यक्रम पनि जोडिएको छ।

प्रकाशित: ३० असार २०८२ १६:२९ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast