भानुभक्तको सालिक तोडफोड आरोपमा तनहुँका एक पक्राउ

हिमाल प्रेस १० साउन २०८३ १५:२० | Sunday, July 26, 2026
8
SHARES
भानुभक्तको सालिक तोडफोड आरोपमा तनहुँका एक पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- लमजुङ प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगन्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुर्‍याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

उक्त कार्यालयका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका-७ तनहुँका स्थायी बासिन्दा हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको हो।

उनलाई लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० साउन २०८३ १५:२० | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast