काठमाडौँ- सन् २०२६ मा भारत र श्रीलंकमा आयोजना हुने आइसिसी टी २० विश्वकपका लागि अमेरिका क्षेत्रबाट क्यानडाले स्थान पक्का गरेको छ।
अमेरिका क्षेत्रीय छनोटको आयोजक क्यानडाले लगातार पाँच खेल जितेर विश्वकपमा स्थान पक्का गरेको हो। यो क्षेत्रबाट छनोटको एउटा कोटा भएकोमा क्यानडाले लगातार दोस्रो पटक टी २० विश्वकपमा स्थान बनाएको हो।
सन् २०२६ को टी २० विश्वकपमा एसिया र इस्ट एसिया प्यासिफिकबाट तीन टोली, युरोप र अफ्रिकाबाट दुई दुई टोली तथा अमेरिकन क्षेत्रबाट एक टोली छनोट हुने प्रावधान छ।
अब एसिया, युरोप र अफ्रिकाको छनोट हुन बाँकी छ। अफ्रिका छनोट सेप्टेम्बरमा जिम्बावेमा, युरोप छनोट जुलाईमा नेदरल्यान्ड्स र एसिया छनोट अक्टोबरमा ओमानमा हुँदैछ।
प्रकाशित: ८ असार २०८२ ११:५६ | Sunday, June 22, 2025
प्रतिक्रिया

