कुलमान पदबाट बर्खास्त, गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन

हिमाल प्रेस ११ चैत २०८१ २०:४१
92
SHARES
कुलमान पदबाट बर्खास्त, गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडौँ- सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो।

सरकारले घिसिङलाई पदमुक्त गरेर प्राधिकरणको कार्यकारी निर्देशमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो। घिसिङको चार वर्षीय कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो। समयावधि नसकिँदै सरकारले उनलाई हटाउने निर्णय गरेको हो।

२०७७ सालमा केपी शर्मा ओली प्रधानमन्त्री छँदा शाक्य प्राधिकरणको कार्यकारी निर्देशक थिए। त्यसपछि माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि सरकारले शाक्यलाई बर्खास्त गरेर घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
सरकारको निर्णयविरूद्ध शाक्य सर्वोच्च पुगेका थिए। मुद्दा सुनुवाइकै क्रममा उनको चार वर्षीय अवधि सकिएको थियो।

पछिल्लो केही समययता ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का र घिसिङबीच टकराव चलिरहेको थियो। मन्त्री खड्काले यसअघि घिसिङसँग पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो।

त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ।

बैठकले तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य रहेको बताइएको छ।

प्रकाशित: ११ चैत २०८१ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast