
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ०४ पैसा छ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ९६ पैसा कायम भएको छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ८० रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ९९ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २० पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा छ।
आज कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ६० पैसा छ। बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ।