होलीमा मादक पदार्थ सेवन जाँच्न काठमाडौँ उपत्यकामा प्रहरीको विशेष टोली परिचालन

हिमाल प्रेस २९ फागुन २०८१ १४:५१ | Thursday, March 13, 2025
होलीमा मादक पदार्थ सेवन जाँच्न काठमाडौँ उपत्यकामा प्रहरीको विशेष टोली परिचालन

काठमाडौँ- काठमाडौँ उपत्यकामा होली पर्वको अवसरमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। आज बिहानदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार यसपटक ट्राफिक कारबाही मात्र नभएर नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने छ। उनले भने, ‘हामीले नियम उल्लंघन गर्ने जो कोहीलाई कानुनी कारबाही गरिने छ, र सोही स्थानमा दिनभर गाडी रोकेर राखिने छ।’

उपत्यकामा १२० भन्दा बढी जाँच स्थल तोकिएका छन् जहाँ प्रहरी परिचालन गरिएको छ। ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रूपमा जाँच अभियान सञ्चालन गर्दैछन्। हरेक स्थानमा मादक पदार्थ र लागूपदार्थ सेवनको जाँच गर्न आवश्यक उपकरण र टोली खटाइएको पनि उनले जानकारी दिए।

प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध गरेको छ जसबाट आपसी भाइचारा र सौहार्दपूर्ण वातावरणको वृद्धि हुने र संस्कृतिअनुसार होली मनाइने छ। त्यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासनले पनि मर्यादित रूपमा होली खेल्न अनुरोध गर्दै उच्छृङ्खल रूपमा होली खेले कानुनी कारबाही गर्ने जनाएको छ।

आज काठमाडौँ उपत्यका र अन्य पहाडी जिल्लामा होली खेलिन्छ भने भोलि तराईमा होली मनाइने छ। केही जिल्लामा दुई दिनसम्म होली खेल्ने परिपाटी छ।

प्रकाशित: २९ फागुन २०८१ १४:५१ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast