काठमाडौँ- पूर्वराजा निकट शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनलाई शनिबार साँझ राजधानीको बालुवाटार क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीले सन्तोष राजावादीलाई पनि पक्राउ गरेको छ। गत शुक्रबार तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरेको हो।
सोही घटनाका नाइके दुर्गा प्रसाई भने फरार छन्। उनलाई प्रहरीले पक्राउ गर्न खोजे पनि भेटेको छैन। शुक्रबार नै तीनकुने क्षेत्रमा अराजक तरिकाले सवारी चलाएपछि वेपत्ता भएका प्रसाई सम्पर्कविहीन बनेका हुन्।
प्रकाशित: १७ चैत २०८१ ७:०० | Sunday, March 30, 2025
प्रतिक्रिया



यस्ता व्यक्तिहरुका कारण देशमा अशान्ति आउँछ र देश पनि बदनाम भैरहेकाे छ ।