प्रहरी आईजीपीमा दीपक थापा नियुक्त

हिमाल प्रेस ४ चैत २०८१ १८:४५ | Monday, March 17, 2025
प्रहरी आईजीपीमा दीपक थापा नियुक्त

काठमाडौँ- सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। आज (सोमबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजी वरीयताको पहिलो नम्बरमा भएका थापालाई प्रहरीको ३१औं आईजीपीका रूपमा नियुक्त गरेको हो।

आईजीपी वसन्त कुँवर सोमबार नै अवकाशमा गएपछि सरकारले थापालाई नियुक्त गरेको हो। २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत छन्।

प्रकाशित: ४ चैत २०८१ १८:४५ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast