गुरुकुल निर्माणका लागि पशुपति क्षेत्रमा महायज्ञ

हिमाल प्रेस ६ फागुन २०८१ २०:४१
58
SHARES
गुरुकुल निर्माणका लागि पशुपति क्षेत्रमा महायज्ञ

काठमाडौँ– अब सनातनीहरू हिन्दु, बौद्ध, किराँत एकै स्थानमा रहने गरी गुरुकुल निर्माणको लागि भन्दै पशुपति क्षेत्रमा बुधबारदेखि सात दिन सम्म महायज्ञ लगाउने तयारी भएको छ। ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा गरौँ धर्मले हामीलाई रक्षा गर्छ’, भन्दै महारुद्र महामहोत्सव तथा राष्ट्र शान्ति महायज्ञ गर्न लागेका हुन्।

महारुद्र फाउण्डेसनका अध्यक्ष पण्डित खगेन्द्र पोखरेलको अगुवाइमा यो कार्य हुन लागेको हो। वृन्दावनमा अध्ययन गरेर यहाँ सनातन धर्मको रक्षाका लागि सक्रिय रहेका पोखरेल युवा पण्डित हुन्। महारुद्र फाउण्डेसनको साथमा महारुद्र महिला समूह र शिवसेना नेपाल, युथ फर नेशन पनि रहेको जानकारी उनले दिए।

नेपाल संस्कृति र प्रकृतिमा विश्वमै धनीमध्येको देश भएको भन्दै उनले बहुल जाति, बहुभाषी, बहुसंस्कृति भएको नेपालमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता र राष्ट्रिय एकता अहिलेको आवश्यकता भन्दै त्यसमा सबै एक ढिक्का हुनुपर्नेमा उनको जोड थियो।

अहिले धर्म धर्मबीच दूरी बढ्दै गएको बेला धार्मिक एकतालाई अझ मजबुत बनाई एकअर्को धर्मको सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्ने उद्देश्य रहेको पनि उनले बताए। एक स्थानमा हिन्दु बौद्ध, किराँत गुरकुल स्थापनाको निमित्त साथै भोकलाई भोजन, प्यासीलाई पानी, बिरामीलाई उपचार सहितको अक्षयकोषको स्थापनाका लागि यो महारुद्र महामहोत्सव तथा राष्ट्र शान्ति महायज्ञ गर्न लागिएको पनि पण्डित पोखरेलले बताए।

महाशिवरात्रिको अवसर पारेर युवा पण्डितहरूको समूहले यस्तो कार्य गर्न लागेका हुन्। फागुन ७ देखि १५ सम्म महामहोत्सव र महायज्ञ चल्ने र यसको उद्घाटन भने उद्यमी दुर्गा प्रसाईँबाट हुने बताइएको छ।

धर्म, संस्कृति र आस्थाको यस महायज्ञमा सहभागी भएर मुलुकको एकतालाई कामय गर्न हैँसेमा होस्टे थप्न आयोजक समितिका खेम खरेलले पनि सर्वसाधरणलाई आह्वान गरेका छन्। उनी भन्छन्, ‘हाम्रो अभियान सानो छ, भोलि पक्का एक दिन विशाल रूप लिन्छ भन्ने सोचका साथ अगाडि बढिरहेका छौँ, यस वर्ष पनि हामीले महायज्ञको आयोजना गरेका छौँ, महायज्ञ गर्ने कुरा सहज र सरल पक्का छैन तर सहज बनाउन शिवसेना नेपालको विगत तीन वर्ष देखिको साथ माया र हौसला पनि छ।’

धेरै अवरोध आउँछ विरोध हुन्छ तर गन्तव्य मात्र एकै स्थानमा हिन्दू, बौद्ध, किराँत गुरुकुल निर्माण हो भन्दै पोखरेलले पुन थपे, ‘कसैलाई पैसा दिएर खुसी बनाउने अभियान होइन। हाम्रो सनातनीहरूलाई एकै स्थानमा राखेर धर्मको बिगुल फुक्ने सोचका साथै भोकालाई भोजन, प्यासीलाई पानी, रोगीलाई उपचारसहित अक्षयकोष स्थापना गर्ने हो।’

अधिक नेपालीको उपस्थितिले युवाहरूको यो अभियानमा हिम्मत हुने भन्दै गुरु खगेन्द्रले सबैलाई कार्यक्रममा आउन आग्रह गरेका छन्। उनी नेपालको एकताका लागि सबैले एक पटक जय सनातन र जय महारुद्र भन्न लगाउँछन्। उनले यसमा विदेशीकाे पनि बाक्लो उपस्थिति रहने बताएका छन्।

प्रकाशित: ६ फागुन २०८१ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast