लागूऔषधसहित तीन पक्राउ

हिमाल प्रेस ४ फागुन २०८१ १७:३६
14
SHARES
लागूऔषधसहित तीन पक्राउ

झापा- झापा गाउँपालिका-५ पन्थपडाबाट ३ सय ७० मिलिग्राम ब्राउनसुगरसहित आइतबार दिउँसो दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय तोफिजुल अलि र २० वर्षीय चान महमद रहेका छन्।

प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। साथै उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुलबाट खैरोहेरोइनजस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित सोही गाउँपालिका-६ मैनापोखर बस्ने १५ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ४ फागुन २०८१ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast