शिक्षक महासंघ पूर्णता र आन्दोलन घोषणामा उपस्थित हुन आग्रह

हिमाल प्रेस १ फागुन २०८१ ११:०५
1.7k
SHARES
शिक्षक महासंघ पूर्णता र आन्दोलन घोषणामा उपस्थित हुन आग्रह नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंसबहादुर शाही। फाइल तस्बिर।

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले नेपाल शिक्षक महासंघको दोस्रो महाधिवेशनको प्रतिवेदन, महासंघ घोषणासभा र आन्दोलन घोषणा समीक्षा कार्यक्रममा उपस्थित हुन संगठनका सदस्यहरूलाई आग्रह गरेको छ।

संगठनका महासचिव हंसबहादुर शाहीले आज एक सूचना जारी गर्दै यही फागुन ५ गते काठमाडौँमा महासंघ पूर्णता घोषणासभा, आन्दोलन घोषणा समीक्षा कार्यक्रममा उपस्थित हुन् आग्रह गरेका हुन्। महासंघको महाधिवेशन प्रतिनिधिका विषयमा झापा, सोलुखुम्बु, धनुषा, महोत्तरी, रौतहट, चितवन, गोरखा, कास्की, नवलपुर, दाङ, अर्घाखाँची, गुल्मी, कैलालीलगायतका जिल्लाको विवाद थियो।

गत माघ २२ गते शिक्षक महासंघ र नेपाल राष्ट्रिय शिक्षक संगठनबीच सात बुँदे सहमति भएसँगै तीन जिल्लाका विवाद समाधान भएको छ।

महासचिव शाहीले सूचनामा भने,‘नेपाल शिक्षक महासंघको दोस्रो महाधिवेशनको बारेमा २०८१ माघ २२ गते महासंघसँग भएको सात बुँदे सहमति अनुसार २०८१ फागुन ५ गते नेपाल शिक्षक महासंघको प्रतिवेदन माथि छलफल, पूर्ण घोषणा सभा तथा आन्दोलनको समीक्षा समेत हुने भएको हुँदा तपसिलको स्थान र मितिमा नेपाल शिक्षक महासंघ गठन भएक जिल्लाहरूका संगठनबाट प्रतिनिधित्व गर्ने अध्यक्ष वा सचिव, महाधिवेशन प्रतिनिधिहरू र नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध छ।’

यस्ता छन् शिक्षक महासंघ र एनएनटीएबीच भएका सातबुँदे सहमति

प्रकाशित: १ फागुन २०८१ ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast