काठमाडौँ- नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो।
गत मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो। मंगलबार सुनको भाउ प्रतितोला एक हजार नौ सय रुपैयाँ, बुधबार प्रतितोला दुई हजार दुई सय रुपैयाँ र बिहीबार प्रतितोला एक हजार ६ सय रुपैयाँ बढेको हो। ३ दिनमा ५ हजार ७ सयले बढेको छ।
यो तीन दिनमा सुनको भाउ प्रतितोला पाँच हजार सात सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य पनि बढेको छ।