काठमाडौँ- नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य स्थिर रहेको छ। आइतबारदेखि स्थिर रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य भने घटेको छ।
प्रकाशित: २१ माघ २०८१ ११:०३
प्रतिक्रिया