बढ्यो अस्ट्रेलियन डलर, कति छ कुवेती दिनार?

हिमाल प्रेस २१ माघ २०८१ ६:२९
8
SHARES
बढ्यो अस्ट्रेलियन डलर, कति छ कुवेती दिनार? नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलरको मूल्य बढेको छ। तर, कुबेती र बहराइन दिनार, पाउन्ड, युरोसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो।

आज युरो एकको खरिदर एक सय ४३ रुपैया ३१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ९३ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ४८ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ १० पैसा थियो।

आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ११ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३४ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९० र बिक्रीदर ८६ रुपैयाँ २७ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ८९ र बिक्रीदर ८६ रुपैयाँ २६ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ०३ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९७ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ७९ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ३८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४० पैसा थियो।

प्रकाशित: २१ माघ २०८१ ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast