काठमाडौँ- बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ।
नेपाली कम्युस्ट पार्टी (नेकपा) बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएकी छन्। उनले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्री आलेमगरलाई शपथ गराएका हुन्।
मुख्यमन्त्री किरण थापामगरले आलेलाई शुक्रबार मन्त्री पदमा नियुक्त गरेका थिए।
आले काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्।
उनी यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री भएकी थिइन्।
प्रकाशित: २ असोज २०८३ १८:५१ | Friday, September 18, 2026
प्रतिक्रिया


