संघीय सरकारसँगको समन्वयमा विपद् व्यवस्थापको काम भइरहेको छ : मुख्यमन्त्री थापा

हिमाल प्रेस २२ भदौ २०८३ १६:०४ | Monday, September 7, 2026
संघीय सरकारसँगको समन्वयमा विपद् व्यवस्थापको काम भइरहेको छ : मुख्यमन्त्री थापा

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत वितरण तथा पुनर्निर्माणका सम्बन्धमा संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले काम गरिरहेको बताएका छन्।

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री थापाले संघीय सरकारले राहत सामग्री संकलन गर्ने, प्रदेश सरकारले समन्वय र सहकार्य गर्ने तथा स्थानीय सरकारले वितरण गर्ने गरी जिम्मेवारी तय भएको भन्दै सोहीअनुसार प्रदेश सरकारले काम गरिरहेको बताए।

उनले राहत वितरणलाई व्यवस्थित बनाउन स्थानीय तहमा राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारी सम्मिलित संयन्त्रमार्फत एकद्वार प्रणालीबाट राहत वितरण सुरु गरिएको जानकारी दिए। भाद्र १२ गते नै प्रदेश सरकारको पहलमा बाटो मर्मत गरी रसुवासम्म खाद्यान्न तथा राहत सामग्री पु¥याइएको उनले बताए।

उनले आवागमन सहज बनाउन आवश्यकता अनुसार तुइन, झोलुङ्गे पुल र रसुवा जोड्ने अस्थायी संरचनाको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको जानकारी दिए। त्यस्तै रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र चितवनलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले बताए।

मुख्यमन्त्री थापाले अभिभावक गुमाएका तथा घरबारविहीन बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गरी ईसीडीदेखि कक्षा १२ सम्मको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको बताए।

उनले त्रिशूली नदीमा रहेका १४० मिटरभन्दा लामा पुलहरू, साना पुलहरू तथा झोलुङ्गे पुलहरू ध्वस्त भएकाले तिनको पुनर्निर्माण आवश्यक रहेकाले स्थानीय तहले जग्गा उपलब्ध गराएपछि आवश्यक पर्ने बाटो, खानेपानी, विद्यालय र अस्पताल जस्ता पूर्वाधार निर्माणमा संघीय र प्रदेश सरकारले हातेमालो गरेर काम अघि बढाउने धारणा राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast