हमासले सार्वजनिक गर्‍यो रिहा हुने ३ बन्धक, सूचीमा छन् विपिन?

हिमाल प्रेस ३ फागुन २०८१ ७:५६ | Saturday, February 15, 2025
हमासले सार्वजनिक गर्‍यो रिहा हुने ३ बन्धक, सूचीमा छन् विपिन? विपिन जोशी

काठमाडौँ- हमासले रिहा गर्ने ३ जनाको सूची सार्वजनिक गरेको छ। शनिबार रिहा गर्न हमासलले ३ पुरुषको सूची सार्वजनिक गरेको समाचारहरूले जनाएका छन्।

बन्धक मुक्त हुनेको सूचीमा रूसी मूलका इसराइली नागरिक २९ वर्षीय अलेक्जेन्डर ट्रुफेनभ, अमेरिकी मूलका इसराइली ३६ वर्षीय डेकेल चेन र अर्जेन्टिनी मूलका इसराइली ४६ वर्षीय लाइर हर्न छन्।

हमासले तीन जना बन्धक रिहा गरेपछि इसराइलले ३६९ प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ। हमासले नेपाली युवा विपिन जोशीको नाम भने सार्वजनिक गरेको छैन। नेपालबाट कूटनीतिक पहल नपुगेको भन्दै जोशी रिहा नभएको कूटनीतिज्ञहरूको बुझाइ छ। यसअघि अध्ययनका लागि इजरायल पुगेका विपिन हमासको कब्जामा परेका थिए।

प्रकाशित: ३ फागुन २०८१ ७:५६ | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast