काठमाडौँ- युद्धविरामको घोषणापछि इजरायली आक्रमणमा परी गजामा १२२ जनाको मृत्यु भएको हमासको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ।
१५ जनवरीमा भएको युद्धविरामपछि इजरायली आक्रमणमा परी यो संख्यामा गजामा नागरिकको मृत्यु भएको एजेन्सीले जनाएको हो।
हमासका प्रवक्ता महमुद बसललाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार मृतकहरूमध्ये ३३ जना बालबालिका छन्। यसका साथै आक्रमणमा परी २७० जना घाइते भएका छन्।
हमासले युद्धविराम लागू हुनुअघि पनि इजरायली आक्रमण जारी रहेको आरोप लगाएको थियो।
प्यालेस्टाइनी समाचार एजेन्सी वफाले दक्षिणी गजाको अल–करारामा शुक्रबार अबेर राति इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाएको छ।
प्रकाशित: ५ माघ २०८१ १९:३३
प्रतिक्रिया