काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला र प्रस्ट नेता र नेकपा माओवादी केन्द्रका अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कुटील र छद्म नेताको रूपमा टिप्पणी गरेका छन्।
दुबै दलको पुस २४ गते सम्पन्न केन्द्रीय समिति बैठकमा राखेको ओली र प्रचण्डको राजनीतिक दृष्टिकोणलाई लिएर बाबुरामले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उक्त टिप्पणी गरेका हुन्।
बाबुरामले लेखेका छन्,‘ओली र प्रचण्डका ‘कम्युनिष्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो – बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’! बरू ओली अलि बढी खुला र प्रष्ट! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजी (revolutionary phrase-mongering) को प्रयोगमा! बाघ vs ब्वाँसो? नेपाल र रूसको नियति फरक होला?’
याे पनि