काठमाडौँ- विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट ६ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन्। भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज (सोमबार) बिहान पक्राउ गरिएको हो।
प्रहरीले सुनसरीको बर्जु गाउँपालिका–१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेवलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको प्रहरीले जनाएको छ।
प्रकाशित: २२ पुष २०८१ १७:३२
प्रतिक्रिया