काठमाडौँ- सर्लाहीको लालबन्दीमा भालुको आक्रमणमा परेका छन्। लालबन्दी नगरपालिका १३ निवासी ५० वर्षीय मानबहादुर बम्जनलाई मंगलबार साँझ लालबन्दी १३ स्थित चुरेको जंगलमा भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
लालबन्दी बजारबाट साँझको बेला जंगलको बाटो एक्लै घर फर्कँदै गर्दा आफूलाई एकसाथ तीनवटा भालुले आक्रमण गरेको बम्जनले बताएका छन्। बम्जनको लालबन्दीस्थित एक क्लिनिकमा उपचार भइरहेको छ।
भालुको आक्रमणबाट उनको शरीरका विभिन्न ठाउँमा गहिरो चोट छ। भालुले आक्रमण गर्न थालेपछि आफूले रुखमा चढेर ज्यान जोगाएको बम्जनले बताएका छन्।
प्रकाशित: १९ मंसिर २०८१ ११:४१
प्रतिक्रिया