प्रिमियर कप च्याम्पियन नेपाली टोली नेपाल आइपुग्यो

हिमाल प्रेस २९ भदौ २०८३ ६:४९ | Monday, September 14, 2026
प्रिमियर कप च्याम्पियन नेपाली टोली नेपाल आइपुग्यो

काठमाडौँ- ‘एसीसी प्रिमियर कप २०२६’को उपाधि विजेता जित्दै एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। गएराति स्वदेश आइपुगेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायत का पदाधिकारीले स्वागत गरेका छन्।

क्रिकेट टोलीलाई स्वागत गर्दै सचिव खड्काले उपाधिका लागि बधाई दिए। उनले आगामी प्रतियोगितामा पनि यस्तै जितका लागि शुभकामना पनि दिए।

गत शनिबार सम्पन्न फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि दोस्रोपटक जितेको थियो।उपाधिसँगै नेपालले आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपमा पनि स्थान सुरक्षित गरेको छ।

नेपालले दोस्रोपटक एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। यसअघि सन् २०२३ मा नेपाली टोलीले पहिलोपटक एसिया कपमा सहभागिता जनाएको थियो।

प्रकाशित: २९ भदौ २०८३ ६:४९ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast