‘अञ्जिला’ को वर्ल्ड प्रिमियर हङकङमा हुने

हिमाल प्रेस २५ कार्तिक २०८१ ११:२८ | Sunday, November 10, 2024
‘अञ्जिला’ को वर्ल्ड प्रिमियर हङकङमा हुने

काठमाडौँ- फिल्म ‘अञ्जिला’ को वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै वर्ल्ड प्रिमियरको घोषणा गरेका हुन्।

फिल्म महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ। उक्त प्रिमियरमा एञ्जिला तुम्बापो सुब्बा र निर्देशक मिलन चाम्स सहभागी हुनेछन्।

हङकङ प्रिमियरपछि नेपालमा प्रदर्शन अगाडी नै फिल्म युके, अमेरिका, अष्ट्रेलिया, र जापानमा रिलिज हुने निर्माता प्रेम कुमार श्रेष्ठले बताए। नेपालमा भने फागुन २९ मा प्रदर्शन हुनेछ।

फिल्ममा एञ्जिला स्वयं मुख्य भूमिकामा देखिनेछिन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन्। निर्माता प्रेम कुमार श्रेष्ठले पनि प्रमुख भूमिकामा देखिनेछन्।

फिल्मको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ। फिल्मले फरक प्रकारको प्रभाव छोड्ने निर्देशक चाम्सकोे विश्वास छ। उनका अनुसार फिल्मले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजिएको छ।

सुदीप बरालले छायांकन गरेका फिल्म मिलन श्रेष्ठको सम्पादनमा बनेको छ। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्।

प्रकाशित: २५ कार्तिक २०८१ ११:२८ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast