हङकङ सिक्सेस : नेपालसँग अस्ट्रेलियाकाे पनि हार

हिमाल प्रेस १७ कार्तिक २०८१ ७:३५
134
SHARES
हङकङ सिक्सेस : नेपालसँग अस्ट्रेलियाकाे पनि हार

काठमाडाैँ- हङकङमा जारी २०औँ हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।

शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो।

कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध सानदार विजय प्राप्त गरेको हो।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो।

अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रन तथा एलेक्स रोसले १४ रन बनाए। यस्तै नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए। २ ओभर बलिङ गरेका उनले मात्र २४ रन खर्चिए। यस्तै लोकेश बमले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो।

यसअघि नेपालले शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपाल पुल बी’बाट क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ।

क्वार्टरफाइनलमा नेपाल आजै श्रीलंकासँग भिड्दै छ।

प्रकाशित: १७ कार्तिक २०८१ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast