काठमाडौँ- इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।
दुर्घटनामा घाइते भएकी करिब ८ वर्षीया सुस्मिता श्रेष्ठको उपचारका क्रममा भदौ २६ गते राति ८ः१५ बजे बीएनसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। दुर्घटनामा घाइते भएकी करिब २७ वर्षीया कविता श्रेष्ठको पनि उपचारका क्रममा भदौ २७ गते बिहान करिब ६ बजे मृत्यु भएको छ। उनको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाइएको छ।
दुर्घटनामा घाइते अन्यको उपचार भइरहेको छ।
प्रकाशित: २७ भदौ २०८३ ७:५६ | Saturday, September 12, 2026
प्रतिक्रिया


