मन्त्रालय र विद्युत् प्राधिकरणबीच कही मतभेद छैन : ऊर्जामन्त्री खड्का

हिमाल प्रेस ७ कार्तिक २०८१ १४:४७
12
SHARES
मन्त्रालय र विद्युत् प्राधिकरणबीच कही मतभेद छैन : ऊर्जामन्त्री खड्का फाइल तस्बिर

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच मतभेद नभएको बताएका छन्।

बुधवार मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र विद्युत् प्राधिकरणका बीचमा कुनै मतभेद नभएको स्पष्ट पारेका हुन्। उनले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गरे।

उनले यो विषयमा मन्त्रालय र प्राधिकरणका बीच छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीसँग पनि निरन्तर छलफल गरिरहेको बताए। उनले उद्योगीहरूले विद्युत् उपभोग गरेको कुराको प्रमाण जुटाउने काम पनि भइरहेको बताए। सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन लागेको भन्ने कुरा हास्यास्पद रहेको बताए। उनले सरकारले घिसिङलाई हटाउनुपर्ने आवश्यकता महसुस नगरेको बताए।

मन्त्री खड्काले भने‚ ‘डेडिकेटेड लाइनको कुरा अहिले संसद्मा प्रवेश गरिसकेको विषय छ। लेखा समितिमा छलफल चलिराखेको छ। त्यहाँबाट केही निर्णय आउला। हामी प्राधिकरण मन्त्रालयका बीचमा पनि छलफल। व्यवसायीहरूबीचमा पनि छलफल भइराखेको छ।’

उनले मन्त्रालय मातहतका सबैले उत्साहपूर्वक काम गरिरहेका भन्दै मन्त्रालयमा राम्रोटिम रहेको उल्लेख गरे।
मन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकका रूपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धिमा सहयोग गर्ने क्षेत्रका रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।

प्रकाशित: ७ कार्तिक २०८१ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =