जनतामा विश्वास पैदा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई शिक्षामन्त्री भट्टराईको निर्देशन

हिमाल प्रेस ३० भदौ २०८१ १०:४४
762
SHARES
जनतामा विश्वास पैदा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई शिक्षामन्त्री भट्टराईको निर्देशन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई। फाइल तस्बिर।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जनतामा विश्वास पैदा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी छन्। शुक्रबार भट्टराईले शिक्षा सचिव तथा उपसचिवसँग कार्यसम्पादन करार सम्झौता गर्दै उक्त निर्देशन दिएकी हुन्।

सचिव डा.दीपक काफ्ले, विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीलगायत मन्त्रालय मातहतका सहसचिवहरू तथा विभागीय प्रमुखहरूसँग कार्यसम्झौता करार गरेकी हुन्।

मन्त्री भट्टराईले कार्यसम्पादन लक्ष्य प्राप्तिको प्रतिबद्धता र एक अर्काको पारस्परिक सम्बन्ध, कामको दिशा निर्देश गर्ने आकार निर्देश तथा लक्ष्य, सहकार्य र समन्वयको वातावरण तयार गर्ने विश्वास व्यक्त गरिन्।

उनले भनिन्,‘काम देखिने दस्ताबेज र आम जनतालाई थाहा पाउने व्यवहार हो ‘प्रधानमन्त्री र मन्त्रीबीच भएको कार्यसम्झौता करार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकै एक मार्गनिर्देशन भएको र शिक्षा र विज्ञान जनताको जीवन र दैनिकीसँग तथा कामको प्रभावकारितासँग प्रत्यक्ष जोडिन्छ।’

कार्यसम्पादन करारले कामलाई शतप्रतिशत सफल र समस्यालाई शून्य बनाउनेमा सहयोगी हुने उनले बताइन्। मन्त्री भट्टराईले कार्यसम्पादन करार समस्या समाधान गरेर दक्षता बढाउने र कामलाई नतिजामुखी, प्रभावकारी र समयसीमाबद्ध बनाई सेवाग्राही सन्तुष्टि बढाउने उपाय भएकाले सबैलाई प्रतिबद्ध भएर काममा लाग्न अनुरोध गरिन्।

प्रकाशित: ३० भदौ २०८१ १०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =