शिक्षककाे सेवासुविधा बढाउनुपर्छ : गगन थापा

हिमाल प्रेस १९ भदौ २०८१ १७:३४
2.0k
SHARES
शिक्षककाे सेवासुविधा बढाउनुपर्छ : गगन थापा गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नयाँ ऐनले शिक्षकको सेवासुविधा र प्रतिष्ठा बढाउनुपर्ने बताएका छन्। सिंहदरबारमा आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद थापाले शिक्षककाे सेवासुविधा र प्रतिष्ठा बढाउनुपर्ने बताएका हुन्।

समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको संशोधनमा उनले शिक्षकको प्रतिष्ठा र सेवासुविधा बढाउने विषयमा खुलेर कुरा गर्न सांसदहरूलाई आग्रह गरे। यसैगरी उनले शिक्षकको दरबन्दी मिलान पनि वैज्ञानिक हुनुपर्ने बताए। साथै उनले राहत कोटाका शिक्षकलाई एक पटकका लागि उमेरको हद नराखी प्रतिस्पर्धा गर्न मौका दिनुपर्ने बताए।

उनले भने, ‘राहत शिक्षकलाई एक पटक प्रतिस्पर्धा गर्ने मौका दिऔँ।’  महामन्त्री थापाले नेपालको संविधानले नै जिल्ला शिक्षा कार्यालयलाई नमान्ने भएकाले पूर्ण रूपमा हटाउनुपर्ने बताए। साथै उनले शैक्षिक गुणस्तर परीक्षण केन्द्र नभइ प्राधिकरण बनाउनुपर्ने प्रस्ताव गरे।

विद्यालय शिक्षा विधेयक समितिमा विचाराधीन छ।

प्रकाशित: १९ भदौ २०८१ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =