आज पनि घट्यो सेयर बजार

हिमाल प्रेस १६ भदौ २०८१ १५:२८
10
SHARES
आज पनि घट्यो सेयर बजार

काठमाडौँ-  शेयर बजारमा आइतबार पनि भारी गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा झरेको छ। २०९ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ३१ कम्पनीको मूल्य बढेको छ। ४ कम्पनीको मूल्य स्थिर रह्यो।

तीव्र गिरावट आएको दिन पनि सुपरमाई हाइड्रो पावरको मूल्य १० प्रतिशतले बढेको छ। पिपुल्स हाइड्रोपावर र माइखोला हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशत गुमाएका छन्।

३ हजारमाथि पुगेको शेयर बजार निरन्तर घटेर २७ सयबाट पनि तल झरेको छ।

प्रकाशित: १६ भदौ २०८१ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =