साताको पहिलो कारोबार दिन सेयर बजार राताम्मे, नेप्से १.४६ अंकले घट्यो

हिमाल प्रेस ८ असार २०८३ १६:५२ | Monday, June 22, 2026
8
SHARES
साताको पहिलो कारोबार दिन सेयर बजार राताम्मे, नेप्से १.४६ अंकले घट्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार १.४६ अंकले घटेर २,७००.६५ बिन्दुमा पुगेको छ। यससँगै बजार मनोवैज्ञानिक रूपमा महत्त्वपूर्ण मानिने २,७०० बिन्दुको समर्थन तहभन्दा थोरैमात्र माथि कायम रह्यो।

कारोबारको सुरुवाती चरणदेखि नै बजारमा दबाब देखिएको थियो र अधिकांश समय नेप्से २,७०० बिन्दुभन्दा तल कारोबार भएको थियो। तर,अन्तिम समयमा भएको खरिद चापले बजारलाई केही सुधार गर्दै दिनको अन्त्यतिर घाटा कम गर्न सहयोग गर्‍यो।

नेप्से परिसूचक सामान्य रूपमा घटे पनि कुल कारोबार रकम भने बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। दिनभरमा ८१ लाख ३० हजारभन्दा बढी कित्ता सेयर ९० हजार ८६२ वटा कारोबारमार्फत खरिदबिक्री भएका थिए।

सोमबार ११६ कम्पनीको सेयर मूल्य बढ्दा, १४३ कम्पनीको मूल्य घट्यो भने १४ कम्पनीको मूल्य स्थिर रह्यो।

व्यक्तिगत कम्पनीतर्फ हालै सूचीकृत टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेड र याम्बालिङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो। सप्तकोशी विकास बैंक लिको ७.३३ प्रतिशतले बढ्दै त्यसपछि रह्यो।

यता, ८.५ प्रतिशत नेपाल बैंक डिबेन्चर २०८७ सबैभन्दा बढी ३.८७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सोपानी फार्मास्यूटिकल्स लिमिटेड शीर्ष स्थानमा रह्यो।  यसको कुल कारोबार ३७ करोड ४४ लाख ५० हजार रुपैयाँ बराबर भयो।

त्यसपछि एनआरएन पूर्वाधार तथा विकासको ३० करोड ५१ लाख ३० हजार रुपैयाँ तथा १०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५ को २८ करोड ९१ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

सोमबार कारोबार भएका १३ उपसमूहमध्ये ३ उपसमूहका सूचकहरू हरियालीमा बन्द भए। फाइनान्स उपसमूह सबैभन्दा धेरै १.०१ प्रतिशतले बढ्यो। विपरीत, म्युचुअल फन्ड उपसमूह सबैभन्दा धेरै ०.६८ प्रतिशतले घट्यो।

प्रकाशित: ८ असार २०८३ १६:५२ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast