सहकारी रकम अपचलन : समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने सरकारको निर्णय

हिमाल प्रेस २ असोज २०८१ २१:२७ | Wednesday, September 18, 2024
सहकारी रकम अपचलन : समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने सरकारको निर्णय

काठमाडौँ – सरकारले सहकारीको रकम हिनामिनासम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले छानबिन विशेष समितिको निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

सहकारीको रकम अपचलनसम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापा नेतृत्वको विशेष समितिले असोज ३१ गते संसदमा प्रतिवेदन बुझाएको थियो।

विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको एक मन्त्रीले जानकारी दिए।

त्यस्तै कार्यदलले शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ।

प्रकाशित: २ असोज २०८१ २१:२७ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast