राष्ट्रिय शोकको घोषणा, मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

हिमाल प्रेस १४ असोज २०८१ २१:४२ | Monday, September 30, 2024
राष्ट्रिय शोकको घोषणा, मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

काठमाडौँ- सरकारले प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएलगत्तै सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विपद्मा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकले मन्त्रीहरूको एक महिनाको पारिश्रमिक सहयोग गर्नुका साथै विपद् कोषमा एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णयसमेत गरेको उनले बताए।

बाढी पहिरोका विस्थापितहरूलाई स्थानीय तहको समन्वयमा पुनःस्थापनाको व्यवस्था मिलाउनुका साथै घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।

प्रकाशित: १४ असोज २०८१ २१:४२ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast