त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहिन

हिमाल प्रेस ३० भदौ २०८१ ११:३८ | Sunday, September 15, 2024
त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहिन फाइल तस्बिर

चितवन नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहिन भएका छन्। ट्रक पानी बाहिर किनारमा रहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ। घटनास्थल पुगेर फर्कंदै गरेका रिजालले भने,‘चालक सम्पर्कमा छैन,घटना शंकास्पद देखिएको छ।’ दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहिन भएको हुनसक्ने उनको भनाइ छ।

यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजीकार्य भइरहेको उनको भनाइ छ। ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो।

ट्रकमा दुई हजार दुई सय २५ कार्टुन तेल लोड गरिएको थियो। ट्रक आज बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशूली किनारमा खसेको हो।

प्रकाशित: ३० भदौ २०८१ ११:३८ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast